भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बीपी राजमार्गमा बाढीको कहर, पनौतीमा बाढीका कारण एक महिलाको बेपत्ता

बीपी राजमार्गमा बाढीको कहर, पनौतीमा बाढीका कारण एक महिलाको बेपत्ता

काठमाडौं, ३० वैशाख । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। प्रहरीकाअनुसार, बाढीले रोशी गाउँपालिका-१२ स्थित मङ्गलटारतर्फको सडक थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन कठिनाइ भएको हो।

प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बिहानदेखि एकतर्फी राजमार्ग खुलाउन प्रयास जारी रहेको जनाइएको छ। प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसअघि गत वर्ष असोजमा आएको बाढीले यसै स्थानमा अस्थायी डाइभर्सन निर्माण गर्न बाध्य पारेको थियो।

सोमबार दिउँसोको अविरल वर्षापछि पनौती नगरपालिका-५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। मेला गएर फर्किने क्रममा बाढीले उनलाई बगाएको हो।

प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म रेनुका गिरीको पत्ता लाग्न सकेन। बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीको सहयोगले पुनः खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबारको अविरल वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा पारेको थियो।

 


Thali Mobile Pvt.Ltd.