भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ब्राजिलको विभिन्न राज्यमा आपत्काल घोषणा

ब्राजिलको विभिन्न राज्यमा आपत्काल घोषणा

काठमाडौं । देशका विभिन्न ठाउँमा भइरहेको आगलागी निभाउन नकसेपछि ब्राजिलले विभिन्न राज्यमा आपत्काल घोषणा गरेको छ । सुक्खा मौसम शुरु हुनुभन्दा पहिले नै शुरु भएको आगोको लहरले बोलिभिया र पराग्वेसम्म फैलिएको पन्टानाल क्षेत्रलाई सबैभन्दा धेरै प्रभावित बनाएको छ ।

पन्टानाल विश्वकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यसको क्षेत्र पूरै बेलायतभन्दा पनि ठूलो छ । धेरैजसो सिमसार क्षेत्र रहेको ग्रसो डो सुल राज्यले छ महिनाको आपत्काल घोषणा गरेको छ ।

विज्ञहरूका अनुसार धेरैजसो आगलागी मानवीय कमजोरीले भएका छन् । जङ्गल नष्ट गरेर कृषि भूमि विस्तार गर्ने षड्यन्त्रका साथ कतिपयले डढेलो लगाउने गरेका छन् ।

राजधानी रियो दि जेनेरियोको सङ्घीय विश्वविद्यालयको अध्ययनअनुसार यो वर्ष पन्तनालको ६ लाख २७ हजार हेक्टर जमिनमा आगो लागेको छ । पन्टानालमा सन् २०२० मा लागेको आगोले ३० प्रतिशत सिमसार क्षेत्र प्रभावित भएको थियो । यस वर्ष अहिलेसम्म सन् २०२० को तुलनामा ३३ प्रतिशत बढी क्षेत्रमा आगलागी भएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.