भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बीआरआई फ्रेमवर्कमा अमेरिकी चाँसो

बीआरआई फ्रेमवर्कमा अमेरिकी चाँसो

काठमाडौं । स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा लुले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा बीआरआई फ्रेमवर्क सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता अपनाइएको छ भन्नेमा विश्वास र अपेक्षा छ ।’

बीआरआई फ्रेमवर्क सम्झौताले नेपालको हित, पारस्पारिक सम्मान र सम्प्रभुतामा आधारित रहोस् भनेर आफूहरुले चाहेको लुले सैकेत गरे । दक्षिण तथा मध्य एसियाली देशका लागि जो बाइडन प्रशासनका सहायक मन्त्री रहेका लुले आफ्नो कार्यकाल सकिनुअघि भारत, श्रीलंका र नेपाल भ्रमण गरे । त्यही भ्रमण समानका क्रममा चीनसँग जोडेर यस्तो टिप्पणी गरेका हनु । लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाए ।

उनले नेपालसँग आफ्नो देशले एमसिसी सम्झौता गर्दा पारदर्शिता अपनाएको प्रसंग जोडेर बीआरआईको दस्तावेज चाहिँ किन पारदर्शी नभएको भन्ने टिप्पणी गरे । नेपाल–चीन बढ्दो निकटतालाई कसरी लिएको छ भन्ने जिज्ञासामा लुले थपे, ‘हामी नेपाललाई सबल राष्ट्रका रुपमा देख्न चाहन्छौं, ता कि यसले कुनै पनि देशको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र निर्णय लिन सकोस् ।

 


Thali Mobile Pvt.Ltd.