भर्खरै : Sorry, your browser does not support inline SVG.
गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन |

बससँगै बगायो रौतहटको दुई परिवारका ४-४ जना

बससँगै बगायो रौतहटको दुई परिवारका ४-४ जना

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं ३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

त्यस्तै गरुडा नगरपालिका ९ सिसवाका पनि एकै परिवारका ४ जना बेपत्ता भएका छन् । बौधिमाई नगरपालिका, मटिअर्वाका ५८ वर्षका परशुराम साह श्रीमती मीना देवी, माइलो छोरा सरोज, छोरी रिंकु र ज्वाई नरेश साहलाई लिएर २६ असारमा काठमाडौं गएका थिए । कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनाको ९ महिने तालिम पश्चातको पासआउट समारोहमा सहभागी हुन परशुराम परिवारजनका साथ काठमाडौं गएका थिए ।

गाउँबाट नै काठमाडौं जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै थिए ।
परिवारका ५ जनामध्ये सरोज साह भने दुर्घटनामा जोगिएका छन् ।

शुक्रबार बिहान मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । त्यहाँ कम्तीमा ५० यात्रु रहेको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.