भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

मनसुनी प्रणाली आजदेखि केही कमजोर,जमिन गलेकोले बाढी पहिरोको जोखिम कायमै

मनसुनी प्रणाली आजदेखि केही कमजोर,जमिन गलेकोले बाढी पहिरोको जोखिम कायमै

काठमाडौं । गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ ।

पश्चिम नेपालमा केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही दिनको लागि देशभरी भने मनसुनी वायुको ठूलो जोखिम नरहेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए।

अब ठूलो वर्षा गराउने प्रणाली भारततिर सरेको उनको भनाइ छ । तर लगातारको ठूलो वर्षाले जमिनमा पानी धेरै भइसकेकाले अब थोरै वर्षाले पनि जोखिम निम्त्याउन सक्ने उनले चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.