भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त पेश गर्न आह्वान

स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त पेश गर्न आह्वान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त आह्वान गरेको छ । बुधबार सूचना निकालेर कोषको उक्त आवेदन खुल्ला गरेको हो ।

दरखास्त फारमको नमुना, कार्ययोजनाको सम्भावित खाका, मूल्याङ्कनका आधारहरू र अन्य जानकारीको लागि युवा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा हेर्न मन्त्रालयले आग्रह गरेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम ९ को उपनियम (४) को खण्ड (ग) बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सिफारिस समितिको सचिवालय युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेश गर्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.