भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महासंघको स्थापना दिवसः पत्रकारको भवन बनाउन ५० हजार दिने साँसद थापाको उद्घोष (भिडियो सहित)

महासंघको स्थापना दिवसः पत्रकारको भवन बनाउन ५० हजार दिने साँसद थापाको उद्घोष (भिडियो सहित)

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रतिवद्धता व्यक्त गरेका छन् । व्यक्तिगत रुपमै ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् । स्थापना दिवसको अवसरमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले वर्षौदेखि पत्रकार महासंघको भवन बन्न नसक्दा आफूलाई दुख लागेको जिकिर गरे ।

महासंघ पत्रकारको साझा केन्द्र हुनुपर्ने भन्दै उनले नेतृत्व चयनसंगै प्रतिस्पर्धा बिर्सिएर एकतावद्ध भै अघि बढ्न सुझाव दिए । सांसद थापाले नकारात्मक कोणबाट मात्र कन्टेन्ट नदिन आग्रह गर्दै सकारात्मक समाचार बनाउन पत्रकारले कन्जुस्याई गर्दा देशमा असन्तुष्टि बढेको गुनासो गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका, देशान्तर साप्ताहिकका सम्पादक कविर राणा, काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की र जिल्लाका पेशागत संघसंगठनका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।

प्रेस युनियनका अध्यक्ष रोशन सिल्पकार, प्रेस सेन्टर अध्यक्ष मदन ढुंगाना, प्रेस चौतारी उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस संगठन अध्यक्ष दिनेश कार्की, जनपत्रकार संगठन पुष्पाकुमारी साउदले शुभकामना मन्तव्य राखेका थिए । श्रमजीवी पत्रकारको हित, प्रेस स्वतन्त्रता र शाखाको भवन निर्माणबारे चासो व्यक्त गर्दै सबैलाई जुट्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकार जगतकृष्ण प्रजापति र पुस्करराज बुढाथोकी त्यसैगरी पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको आतिथ्यता रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


शाखाका अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक ढुंगानाले गरेका थिए भने उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तब्य राखेका थिए । पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर २८ वर्ष अघि महासंघ भक्तपुर जिल्ला शाखा स्थापना भएको थियो । त्यसयता बिकल श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर सिल्पकारको नेतृत्वमा शाखा अघि बढिरहेको छ ।

स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएका कारण सो कार्य गर्न नसकिएको महासंघले जनाएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा अतिथिका रुपमा समय दिएपनि अनुपस्थित रहेको सचिव दिपक ढुंगानाले बताए ।

 


Thali Mobile Pvt.Ltd.