भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

क्याम्पस प्रमुख हत्याका मुख्य अभियुक्त पक्राउ

क्याम्पस प्रमुख हत्याका मुख्य अभियुक्त पक्राउ

बारा । प्रहरीले बारा कलैयाका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याका मुख्य अभियुक्तलाई ६ महिनापछि पक्राउ गरेको छ । हत्याको चौतर्फी बिरोध हुँदै लामो समय आन्दोलन समेत भएको घटनाका मुख्य अभियुक्त बारा आदर्शकोतवाल गाँउपालिका वडा नं २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ का सुरेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी आज सार्बजनिक गरेको हो ।

२०८१ जेष्ठ ३२ गते शुक्रबारका दिन क्याम्पस प्रमुख कुशवाहालाई आदर्शकोतवाल गाउपालिका वडा नं २ खजुरीया भन्ने ठाउँमा घरबाट कलैयाबजारतर्फ आउने क्रममा साझँ गोली हानी हत्या भएको थियो । हत्यामा सुरेन्द्र सहित १७ जना ब्यक्तीहरू एकिकृत भई क्याम्पस प्रमुखको हत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट हत्याको कारण जग्गा बिवाद, आर्थिक लेनदेन र घरायसी रिसिबी रहेको बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए ।

घटनामा पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको छन भने आठ जना पुर्पक्षको लागि कारागार चलान भइसकेका छन । पेस्तोल थान २, गोली थान ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल ४ थान, ल्यापटप २ थान र सिम कार्ड ७ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.