भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कीर्तिपुर केन्द्रीत दलहरूको चुनावी सभा

कीर्तिपुर केन्द्रीत दलहरूको चुनावी सभा

काठमाडौं । देशका ठूला तथा सानादलहरुले कीर्तिपुर केन्द्रीत निर्वाचनका चुनावी सभा गरिरहेका छन् । मतपरिणाम आफ्नो पक्षमा ल्याउन उनीहरु यसरी केन्द्रीत भएका हुन । मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

आज कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् । कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ भन्दै कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेको छ । पाँगामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेल ले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा एमाले जित्ने दावी गरे । सत्ता सहयात्री दल नेपाली कांग्रेसले पनि सभा गरिरहेको छ । सभामा शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् । लोकतान्त्रिक चोकमा कांग्रेसको चुनावी सभा आयोजना गरेको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई नेमकिपा, राप्रपा, रास्वपा लगायत सानादलहरूले पनि आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.