भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

कीर्तिपुर केन्द्रीत दलहरूको चुनावी सभा

कीर्तिपुर केन्द्रीत दलहरूको चुनावी सभा

काठमाडौं । देशका ठूला तथा सानादलहरुले कीर्तिपुर केन्द्रीत निर्वाचनका चुनावी सभा गरिरहेका छन् । मतपरिणाम आफ्नो पक्षमा ल्याउन उनीहरु यसरी केन्द्रीत भएका हुन । मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

आज कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् । कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ भन्दै कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेको छ । पाँगामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेल ले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा एमाले जित्ने दावी गरे । सत्ता सहयात्री दल नेपाली कांग्रेसले पनि सभा गरिरहेको छ । सभामा शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् । लोकतान्त्रिक चोकमा कांग्रेसको चुनावी सभा आयोजना गरेको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई नेमकिपा, राप्रपा, रास्वपा लगायत सानादलहरूले पनि आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.