भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोडद्वारा सचेत

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोडद्वारा सचेत

मुख्य बुँदा 

विज्ञापन बोर्डको क्यानलाई प्रचलित ऐनविपरीत विज्ञापन नगर्न चेतावनी

एनपीएल खेल स्टार स्पोर्ट्समार्फत जुवा साइटसहित प्रसारण गरेको उजुरी

क्यानको जवाफ बोर्डलाई चित्तबुझ्दो नभएको निष्कर्ष

निर्देशन उल्लंघन गरेमा भविष्यमा विज्ञापन गर्न/गराउन रोक लगाइने

अवैध विज्ञापन गर्ने एजेन्सीलाई १० हजार जरिवाना र तीन महिनासम्म रोक

ब्राण्ड डिजिटल लजिक र टीसीएम स्पोर्ट्ससँग कारोबार नगर्न विज्ञापनदाता र सञ्चारमाध्यमलाई आग्रह

काठमाण्डौ, ३ भाद्र । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सचेत गराएको छ ।

क्यानले गएको मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू ‘फर्स्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले सचेत गराएको हो ।

बोर्डको गएको साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए । 

नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेश नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेश गर्न नसकिएको भन्दै पेश गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उनले बताए ।

बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ । बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानूनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र यो अवधिसम्म एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

बोर्डले ब्राण्ड डिजिटल लजिक प्रा।लि।, ललितपुर र टीसीएम स्पोर्टस एण्ड मार्केटिङ प्रा।लि। टङ्गाल, काठमाण्डौसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न÷नगराउन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.