भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जलनका बिरामीलाई सात अस्पतालमा निःशुल्क उपचार (सूचीसहित)

जलनका बिरामीलाई सात अस्पतालमा निःशुल्क उपचार (सूचीसहित)

काठमाडौं । सरकारले सात वटा अस्पतालमा जलनका बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएसँगै देशका सात वटा अस्पतालबाट उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले सघन जलनको उपचार निःशुल्क हुने भएको हो । शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्री पौडेलको प्रस्ताव पारित गरेको हो।अब सात वटै प्रदेशका एक, एक अस्पतालमा जलनको निशुल्क उपचार सेवा सुरु हुने छ ।

सेवा प्रदान गर्ने अस्पतालहरु
कोशी प्रदेशः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
मधेश प्रदेशः नारायणी अस्पताल
बागमती प्रदेशः कीर्तिपुर अस्पताल
गण्डकी प्रदेशः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल
लुम्बिनी प्रदेशः भेरी अस्पताल
कर्णाली प्रदेशः सुर्खेत प्रादेशिक अस्पताल र
सुदूरपश्चिम प्रदेशः सेती प्रादेशिक अस्पतालमा
निःशुल्क उपचार सेवा पाउने छन् ।यसको उपचारका लागि स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुमा ८ करोड रुपैयाँ बिनियोजन भएको छ। कीर्तिपुर अस्पताललाई दुई करोड र अन्य अस्पताललाई एक एक करोड रुपैयाँ उपलब्ध गराएको छ। हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।

 


Thali Mobile Pvt.Ltd.