भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पूँजीवादी व्यवस्था व्यापक जनताको लागि ‘नर्क’होः मेयर सुनिल प्रजापति

पूँजीवादी व्यवस्था व्यापक जनताको लागि ‘नर्क’होः मेयर सुनिल प्रजापति

भक्तपुर । ११५ औ“ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भनपा वडा नं ३ को आयोजनामा बुधबार एक कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा निजी सम्पत्तिको विकास भएसंगै भेदभाव सुरू भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, “सामन्तवादी र पुँजीवादी राज्य व्यवस्थामा महिलालाई निजी सम्पत्तिकै व्यवहार गरिन्छ महिला बेचबिखन, यौन व्यापारमा लगाइन्छ । त्यो पैसाकै लागि गरिन्छ । पूँजीवादी व्यवस्था व्यापक जनताको लागि ‘नर्क’ सरहको व्यवस्था हो ।” समाजका सबै नागरिक असल भए समाज सभ्य र सुसंस्कृत बने र त्यस्तो समाज निर्माण गर्न नेपाल मजदुर किसान पार्टी लागिपरेको उहा“ले बताउनुभयो ।

भनपा वडा नं.३ का वडाध्यक्ष राजकृष्ण गोराले महिलाहरू धेरै बेरोजगार हुनुमा वर्तमान पु“जीवादी व्यवस्थाको दोष भएको र यो व्यवस्थाको अन्त्य नभएसम्म महिलाको दुःख अन्त्य नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, महिलाहरू घरको चुलो चौकामा मात्र सीमित रहनुहुन्न ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला आन्दोलनको इतिहास अध्ययन गरी समाज परिवर्तनमा योगदान गर्न सक्ने क्षमता विकास गर्नु जरूरी छ ।” कार्यक्रममा कृष्णगोपाल चगुठी र सुनिता अवालले महिला मुक्तिको निम्ति सबै मिलेर अघि ब ढ्नुपर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.