भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि

आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि

एजेन्सी । युरोपियन युनियनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफी आयातकर लगाउने बताएका छन् । भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन । युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको हो ।

क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा जवाफी कारबाही स्वरुप २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ ।
बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई व्यापार युद्ध भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि नीतिले रोजगारी प्रवर्द्धन गर्ने विश्वास लिइएको छ तर आलोचकहरुले यसले महँगी बढ्ने र अमेरिकी उपभोक्तासमेतलाई असर पर्ने टिप्पणी गरिरहेका छन् । ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले यसै महिनाको शुरूवातमा घोषण गर्नुभएको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो । यसैको विरुद्धमा अमेरिकाले जवाफी कर नीतिको घोषणा गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.