पाकिस्तानमा अपहरित ३०० जनाको उद्धार

पाकिस्तानमा अपहरित ३०० जनाको उद्धार

एजेन्सी । पाकिस्तानमा अपहरित ३०० जनाको उद्धार गरिएको छ। पाकिस्तानको बलुचिस्तानबाट अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई मारेको बीबीसीले जनाएको छ। क्रममा ३३ अपहरणकारी मारिएको सुरक्षा स्रोतले जनाएको छ।

पाकिस्तानी सेनाले ३६ घण्टाको अप्रेसनपछि ती यात्रीलाई सकुशल उद्धार गरिएको जनाएको छ। ती अप्रेसन शुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले २५ जनालाई मारेको सैन्य अधिकारीले बताए। बीएलएले रेलका यात्री अपहरण गरी आफ्ना कार्यकर्तालाई ४८ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गरेको थियो । तर सरकारले सैनिक टोली परिचालन गरेको थियो।

मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए) ले यात्रीलाई अपहरण गरेको थियो। रेलमा करिब ४०० जना थिए। तीमध्ये १०० सैनिक पनि थिए। अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई मारेको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.