भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरामा कारको ठक्करबाट २ जनाको ज्यान गयो

पोखरामा कारको ठक्करबाट २ जनाको ज्यान गयो

काठमाडौं । कारले पैदलयात्रीलाई ठक्कर दिँदा पोखरामा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । ठक्कर दिने कारका चालक फरार छन् भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको ढोरपाटन नगरपालिका– ६ घर भएका नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.