भक्तपुर । शनिबारको दिन दुई जना गफ गर्दै थिए आहा! यो कुन होटल हो । सारै राम्रो रैछ । यहाँको खाना पनि मिठो, होटलका कर्मचारीको व्यवहार पनि धेरै राम्रो । मलाई त मन प¥यो उनीहरुले भनिरहेका थिए । उनीहरुले साथीहरुलाई लिएर नेपाली नयाँ वर्षमा यतै आइन्छ भनि रहेका थिए । बरु बेलैमा बुक गर्नु पर्ला । पछि ढिलो होला यस्तै–यस्तै कुरा गरिरहँदा धेरैलाई लागिरहेको थियो । यस्तो वखान गरेको कुन होटल होला भनेर । हो यो होटल त सबैका नजरमा पर्न सफल होटल घ्याम्पेडाँडा पो रहेछ ।
यहाँ राजधानीको कोलाहलबाट शान्ति मिल्ने वातावरण रहेछ । होटल घ्याम्पेडाँडा राजधानीको सबै भन्दा नजिकको आनन्दमय उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । यहाँबाट काठमाडौं उपत्यकाका तीन जिल्लाको रमणीय दृश्य देख्न पाइन्छ ।
नेपालमा रहेका अधिकांश हिमालहरुको दृश्य यहाँबाट नियाल्न मानिसहरु दैनिक यही ठाउँमा आउने गरेका छन् । अग्ला हिमालका दृश्यहरु मजैले नियाल्न सकिन्छ । होटल घ्याम्पेडाँडा अरनिको राजमार्ग अन्र्तगत सूर्यविनायक सडक खण्डबाट जम्मा पाँच किलोमिटरको दुरीमा अवस्थित भएकाले पनि यहाँ सहजै पुग्न सकिन्छ ।
सूर्यविनायक जंगल प्राणीउद्यानमा रुपान्तरित भएपछि बाटोमा हिँड्दा खरायो, मलसाँप्रो, दुम्सी, सालक, वन बिरालो, मृग, कोइली, कालिज, चित्रा, च्याखुरा, लामपुच्छ्रे आदि जनावरहरुसंग हाईकिङ गर्दै यहाँ पुग्न सकिन्छ । यहाँबाट डोलेश्वर, अनन्तलिंगश्वर, रानीकोट, बोकाचोगडी, लाँकुरी भञ्याङ र फूलचोकीसम्म हाइकिङ गर्न सकिन्छ । यहाँ जाने बाटो सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मै कालोपत्रे भइसकेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर ठाउँमा यो होटल घ्याम्पेडाँडा अवस्थित भएकाले पनि सबैको रोजाइमा पर्न सफल भएको छ । वरिपरि जंगलको बीच भागमा अवस्थित होटल घ्याम्पेडाँडामा पुग्ने जो कोही पनि एक पटक होइन घेरै पटक त्यहाँ पुग्ने गरेको होटल घ्याम्पेडाँडाका अप्रेशन म्यानेजर अनिल गोरखालीको भनाई छ । होटल घ्याम्पेडाँडामा बसाईका लागि उत्कृष्ट बासबस्ने कोठाहरु, विभिन्न कार्यक्रमका लागि सभाहलहरु, पार्किङको राम्रो व्यवस्था, मनै आकर्षक गराउने गार्डेनलगायतका आकर्षक स्थानहरु समेत रहेका छन् ।
भ्यूटावर जस्तो देखिने होटलको टपबाट संसारका अग्ला हिम पर्वत मालाहरुको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाली नयाँ वर्ष मनाउँनका लागि सुन्दर, शान्त तथा मनोरम वातावरणका साथ प्राकृतिक सुन्दरतासहित जंगलको बीचमागमा अवस्थित होटल घ्याम्पेडाँडा सबैको रोजाइमा पर्ने नजिकको उत्कष्ट गन्तव्य वन्न सक्छ । तसर्थ नेपाली नयाँ वर्ष मनाउँन हामी पनि जानेकी होटल घ्याम्पेडाँडामा ?
