भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अवैध ७७ लाख मूल्य बराबारका कपडा र मोवाइल बरामद

अवैध ७७ लाख मूल्य बराबारका कपडा र मोवाइल बरामद

मकवानपुर । भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल प्रहरीले बरामद गरेको छ । पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका समान बरामत गरेको हो ।

लोथरबाट हेटौडा आउँदै गरेको बागमती प्रदेश बिएडी ४३७० नम्वरको गाडीलाई मनहरी गाउँपालिका वडा नं ७ मा चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याइएका, बिलबिजक नभएका साडी, कुर्तासुरुवाल, टि सर्ट, पाईन्ट, जुत्ता लगायतका २ हजार ७ सय ४४ थान लत्ताकपडा र बिभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

अहिले थप अनुसन्धान भइरहेको भण्डारीको भनाइ छ । सामानसहित प्रहरीले उदयपुर त्रियुगा नगरपालिका वडा नं १३ बस्ने बर्ष २८ का चालक राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको छ । ती सामान पर्साको ठोरी नाकाबाट भित्राइएको बुझिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.