भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाँगुनारायण नगरपालिकाका उपप्रमुख माथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप, मेरो चरित्रहत्या भो बुढाथोकी

चाँगुनारायण नगरपालिकाका उपप्रमुख माथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप, मेरो चरित्रहत्या भो बुढाथोकी

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका हुन ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ का  ६१ वर्षीय बद्रिप्रसाद दाहालले आफूलाई उप-मेयर बुढाथाेकीले कठालो समातेर लछारपछार गरेको तथा गलहत्याएको आरोप लगाएका हुन् । दाहालले भने, ‘न्याय माग्न जाँदा उपमेयरले न्याय दिनुकाे सट्टा उल्टै कठालो समातेर लछारपछार गर्नुभयो र मेरो सर्टका टाँक पनि चुडाइदिनुभयो । त्यसपछि नगर प्रहरी लगाएर बाहिर निकालि दिनुभयो ।’

तर, उप मेयर रमेश बुढाथोकीले भने आफ्नो चरित्रहत्या गरेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाकाे नगरकोट हलमा आज गरेकाे पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरू जग्गाकाे विषय लिएर आएका थिए । न्यायिक समितिमा छलफल भयाे, तर जाेर जाेरले कराउन थाल्नु भयाे । हल्ला धेरै गरेपछि नगरप्रहरीले बाहिर लगेकाे हाे । तर अहिले सामाजिक सञ्जाल र मिडियावाजी गरेर मेराे चरित्र हत्या गर्ने काम गर्नु भयाे । यसका विरूद्व म पनि कानुनी बाटाे अगाल्ने छु ।’

घटना गत शुक्रवारकाे हाे । न्यायिक समितिमा सिमानाको जग्गा विवादबारे छलफल हुँदै गर्दा न्यायिक समितिका संयोजकको हैसियतमा इजलासमा बसेका उप प्रमुख बुढाथाेकीले नै आफूमाथि दुर्व्यवहार गरेकाले आफू अन्यायमा परेको सेवाग्राही दाहालले बताईरहदा गरिएको यो पत्रकार सम्मेलनमा सहभागि कानुन व्यवसाय र न्यायिक समितिका अन्य सदस्यले मिडियामा र सामाजिक संजालमा आएको जस्तो विषय नभएको दावी गरेका छन् ।

मिडियाले नगरपालिकामा जडान गरिएका सिसी टिभि फुटेज माग्दा क्यामेरा बिग्रेकाे प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले बताए । आफ प्राविध नभएकाे र छिटै प्राविधिक बाेलाएर क्यामेरा चेक गर्ने उनकाे भनाइ छ । घटनास्थलमा भएकाे सिसीटिभि विग्रेकाले फुटेज उपलब्ध गर्न नसकिने बताए । उप-प्रमुख रमेश बुढाथोकीले भने आफूले कुनै दुर्व्यवहार नगरेको जिकिर गरेका छन् । आफूमाथि लागेको आरोपको खण्डन गर्दै आरोपी दाहाललाई सधै आदरपूर्वक नै व्यवहार गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.