भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

चाँगुनारायण नगरपालिकाका उपप्रमुख माथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप, मेरो चरित्रहत्या भो बुढाथोकी

चाँगुनारायण नगरपालिकाका उपप्रमुख माथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप, मेरो चरित्रहत्या भो बुढाथोकी

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका हुन ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ का  ६१ वर्षीय बद्रिप्रसाद दाहालले आफूलाई उप-मेयर बुढाथाेकीले कठालो समातेर लछारपछार गरेको तथा गलहत्याएको आरोप लगाएका हुन् । दाहालले भने, ‘न्याय माग्न जाँदा उपमेयरले न्याय दिनुकाे सट्टा उल्टै कठालो समातेर लछारपछार गर्नुभयो र मेरो सर्टका टाँक पनि चुडाइदिनुभयो । त्यसपछि नगर प्रहरी लगाएर बाहिर निकालि दिनुभयो ।’

तर, उप मेयर रमेश बुढाथोकीले भने आफ्नो चरित्रहत्या गरेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाकाे नगरकोट हलमा आज गरेकाे पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरू जग्गाकाे विषय लिएर आएका थिए । न्यायिक समितिमा छलफल भयाे, तर जाेर जाेरले कराउन थाल्नु भयाे । हल्ला धेरै गरेपछि नगरप्रहरीले बाहिर लगेकाे हाे । तर अहिले सामाजिक सञ्जाल र मिडियावाजी गरेर मेराे चरित्र हत्या गर्ने काम गर्नु भयाे । यसका विरूद्व म पनि कानुनी बाटाे अगाल्ने छु ।’

घटना गत शुक्रवारकाे हाे । न्यायिक समितिमा सिमानाको जग्गा विवादबारे छलफल हुँदै गर्दा न्यायिक समितिका संयोजकको हैसियतमा इजलासमा बसेका उप प्रमुख बुढाथाेकीले नै आफूमाथि दुर्व्यवहार गरेकाले आफू अन्यायमा परेको सेवाग्राही दाहालले बताईरहदा गरिएको यो पत्रकार सम्मेलनमा सहभागि कानुन व्यवसाय र न्यायिक समितिका अन्य सदस्यले मिडियामा र सामाजिक संजालमा आएको जस्तो विषय नभएको दावी गरेका छन् ।

मिडियाले नगरपालिकामा जडान गरिएका सिसी टिभि फुटेज माग्दा क्यामेरा बिग्रेकाे प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले बताए । आफ प्राविध नभएकाे र छिटै प्राविधिक बाेलाएर क्यामेरा चेक गर्ने उनकाे भनाइ छ । घटनास्थलमा भएकाे सिसीटिभि विग्रेकाले फुटेज उपलब्ध गर्न नसकिने बताए । उप-प्रमुख रमेश बुढाथोकीले भने आफूले कुनै दुर्व्यवहार नगरेको जिकिर गरेका छन् । आफूमाथि लागेको आरोपको खण्डन गर्दै आरोपी दाहाललाई सधै आदरपूर्वक नै व्यवहार गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.