भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अन्नपूर्णबाट हराएका दुई स्पेनिसमध्य एकको शव भेटियो

अन्नपूर्णबाट हराएका दुई स्पेनिसमध्य एकको शव भेटियो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक जनाको शव भेटिएको छ ।  प्रहरीको विशेष टोलीले पुरुष पर्यटकको शव मंगलबार भेटाएको हो । शव अन्नपूर्ण गाउँपालिकाकै भुरुङ्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । घटनास्थल नजिकै गत आइतबार भेटिएका दुई वटा झोलामा राहदानी अनुसार स्पेनका ३७ वर्षीय इरिक सोलेर कासानोभास मृत भेटिएका हुन् ।

खोलामा लडेर बेपत्ता भएकामध्ये महिलाको अवस्था अझै अज्ञात छ । ती महिला पनि स्पेनकै ३२ बर्षिया मर्स मोलास जुन्का रहेको बताइएकाे छ । अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा भुरुङ्दी खोलाको पुलमुनि रहेको पुरानो बाटो हिँड्ने क्रममा उनीहरूलाई खोलाले बगाएको सूचना स्थानीयवासीले प्रहरीलाइ दिएका थिए ।

ती पर्यटक आफू हिँड्नुपर्ने ‘रुट’ बाट बाहिर गएको देखिएको कार्यवाहक वडाध्यक्ष पुष्पा पुनले बताइन् । अहिले प्रयोगमा रहेको बाटो भन्दा फरक पुरानो बाटोमा पर्ने उक्त खोला र छहरा आकर्षक रहेको र मौसम पनि गर्मी भएकोले ती पर्यटक पानीमा खेल्दै छहराको दृश्यमा रमाउन जाँदा खसेको हुन सक्ने आशंका गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.