भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अन्नपूर्णबाट हराएका दुई स्पेनिसमध्य एकको शव भेटियो

अन्नपूर्णबाट हराएका दुई स्पेनिसमध्य एकको शव भेटियो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक जनाको शव भेटिएको छ ।  प्रहरीको विशेष टोलीले पुरुष पर्यटकको शव मंगलबार भेटाएको हो । शव अन्नपूर्ण गाउँपालिकाकै भुरुङ्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । घटनास्थल नजिकै गत आइतबार भेटिएका दुई वटा झोलामा राहदानी अनुसार स्पेनका ३७ वर्षीय इरिक सोलेर कासानोभास मृत भेटिएका हुन् ।

खोलामा लडेर बेपत्ता भएकामध्ये महिलाको अवस्था अझै अज्ञात छ । ती महिला पनि स्पेनकै ३२ बर्षिया मर्स मोलास जुन्का रहेको बताइएकाे छ । अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा भुरुङ्दी खोलाको पुलमुनि रहेको पुरानो बाटो हिँड्ने क्रममा उनीहरूलाई खोलाले बगाएको सूचना स्थानीयवासीले प्रहरीलाइ दिएका थिए ।

ती पर्यटक आफू हिँड्नुपर्ने ‘रुट’ बाट बाहिर गएको देखिएको कार्यवाहक वडाध्यक्ष पुष्पा पुनले बताइन् । अहिले प्रयोगमा रहेको बाटो भन्दा फरक पुरानो बाटोमा पर्ने उक्त खोला र छहरा आकर्षक रहेको र मौसम पनि गर्मी भएकोले ती पर्यटक पानीमा खेल्दै छहराको दृश्यमा रमाउन जाँदा खसेको हुन सक्ने आशंका गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.