भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो, यात्रु सकुशल उद्धार

चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो, यात्रु सकुशल उद्धार

काठमाडौँ, १५ असार । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा शनिबार राति पहिरो खस्दा एक कार पुरिएको छ। बा.५ च ११४५ नम्बरको कार मसिनेबाट थानकोटतर्फ जाँदै गर्दा बाटोमै खसेको पहिरोले कार पुरिएको थियो।

घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पहिरो पन्छाएर कारलाई सुरक्षित रूपमा निकालेको जनाएको छ। साथै, कारमा सवार यात्रुहरूलाई पनि सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको र पहिरो हटाएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको जनाइएको छ।

वर्षा सुरु भएसँगै काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.