भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

धान उत्पादनमा आत्मनिर्भरता चुनौती, आयात बढ्दो, जमिन घट्दो

धान उत्पादनमा आत्मनिर्भरता चुनौती, आयात बढ्दो, जमिन घट्दो

काठमाडौं, १५ असार । असार १५ गते, २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित देशभर मनाइँएकाे छ। यो दिन नेपाली किसानहरूको परिश्रम, माटोसँगको सम्बन्ध, र राष्ट्रिय खाद्य सुरक्षामा धानको महत्व स्मरण गरिने अवसर पनि हो।

कृषि विभागका अनुसार असार १३ गतेसम्म देशभर १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।
धान नेपालको मुख्य खाद्यबाली हो, जसले कुल खाद्य उपभोगको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने गर्छ।

धान उत्पादन बढाउन सरकारको प्रयास भइरहे पनि नतिजा उत्साहजनक छैन। २०७८ सालको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात गरिएको छ। यो अवधिमा २६ करोड १९ लाख किलो धान बाहिरबाट भित्रिएको छ।

नेपालको वार्षिक माग ७० लाख मेट्रिक टन रहेकोमा १० लाख मेट्रिक टन अपुग हुने गरेको छ काठमाडौं उपत्यकाको उर्वर माटो कृषि उपयुक्त भए पनि अव्यवस्थित सहरीकरण, जमिन खण्डीकरण र बसाइँसराइका कारण उपत्यकासहितका क्षेत्रमा खेतीयोग्य जमिन घर निर्माणमा बदलिँदै गएको छ।

त्यसैको परिणामस्वरूप धान उत्पादन घट्दै र आयात बढ्दै गएको चिन्ताजनक अवस्था देखिएको छ।
उपत्यकाका पुराना गाउँबस्तीहरूमा अझै केही मात्रामा खेती भइरहे पनि अधिकांश क्षेत्रमा जमिन अभाव देखिएको कृषि विज्ञहरू बताउँछन्।

नेपाल कृषि अनुसन्धान परिषद् (NARC) ले हालसम्म धानका १४० भन्दा बढी जातहरू दर्ता गरिसकेको भए पनि तिनको प्रयोग र व्यावसायिक उत्पादनको विस्तार गर्न अझै ठोस नीति र भू-प्रबंधन आवश्यक देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.