काठमाडौं । हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ ।
चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।
दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने भन्दै सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।
कसैले यो सूचनाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने कार्यालयले जनाएको छ ।