भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लस एन्जलसमा आगलागी : करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी

लस एन्जलसमा आगलागी : करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी

एजेन्सी । डढेलोका कारण वस्तीसहित अमेरिकाको लस एन्जलसमा करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ। विभिन्न सञ्चार माध्यमका अनुसार अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। प्रशासनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ।

डढेलोका कारण सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूख ढालेका छन्।सामाजिक सञ्जालमा बाहिरिएका तस्वीरहरूले पनि स्पष्ट पारेकाे छ । 

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन्। यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ। 

आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन्। यद्यपि धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ। लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले शहर तथा वस्तीको भयावह अवस्था रहेको बताउँदै भने, ‘यो क्षेत्रमा कसैले बम खसालेको जस्तो देखिन्छ।’ प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर ग्रेग च्याम्पियनले पनि आगलागीले सम्पूर्ण क्षेत्रलाई आतङ्कित बनाएको बताए। उनले भने, ‘यहाँको अवस्था बमले ध्वस्त पारेकोजस्तो छ।’

मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन्। यसका साथै अधिकारीहरूले पनि यस विपत्तिको पूर्वतयारीबारे तीखो प्रश्नहरूको सामना गरिरहेका छन्।

क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ। क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरणहरू पठाउँदैछ।

अन्य ६० हजार भवन जोखिममा परेका छन्। आगलागी र डढृलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ।

लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए।

यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छाड्नपर्ने हुन सक्छ भनी चेतावनी दिइएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्विरले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ।

 


Thali Mobile Pvt.Ltd.