भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बालबालिकाहरुको प्रश्नः हाम्रो समाचार किन प्राथमिकतामा पर्दैन ?

बालबालिकाहरुको प्रश्नः हाम्रो समाचार किन प्राथमिकतामा पर्दैन ?

काठमाडौं । बालबालिकाका समाचारहरु मुलधारका मिडियाहरुले उचित ठाउँं नदिएको ससाना बालबालिकाहरुले गुनासो गरेका छन् ।

अन्तर्राष्टिय बाल अधिकार दिवस २०८० को अवसरमा चाइल्ड नेपालले बालबालिकाको नेतृत्वमा सम्पादक र बालबालिकाहरुवीचको आइतबार राजधानीमा अन्तरक्रिया ग¥यो ।

उक्त अन्तरक्रियामा सहभागी बालबालिकाहरुले मिडियाको भूमिका व्यापक हुने भएकाले बालबालिकाका समाचारलाई महत्वका साथ स्थान दिन अनुरोध गरे ।

बालबालिकाहरुबाट सञ्चालित कार्यक्रममा उनीहरुले सहभागी सम्पादकहरुलाई आआफना प्रश्नहरु राखेका थिए ।

सधैं प्रश्न सोध्ने काममा रहने सम्पादक पत्रकारहरुलाई बालबालिकाले प्रश्न गर्ने र सम्पादक पत्रकारहरुले उतर दिने कार्यक्रमले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.