भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने दावी

पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने दावी

पेरिस । हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्‍याएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

विश्वका विभिन्न मुलुकले प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगे यो शताब्दीमा तापक्रम वृद्धि विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी दिएको हो ।

दुबईमा हुने महत्वपूर्ण कोप–२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ । यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलता उन्मुख गइरहेको उल्लेख गरेको छ ।

मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।’

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा रहेको जनाएको छ ।

विद्यमान नीति र उत्सर्जन कटौती प्रयासहरूको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ । कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको स्पष्ट सङ्केत गर्दै जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै यसलाई सच्याउनुपर्ने उनले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.