भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनद्धारा नयाँ प्लेटफर्म शुरु

समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनद्धारा नयाँ प्लेटफर्म शुरु

काठमाडौं । चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि ओसन क्लाउड नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र अनुगमन विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओसन क्लाउडले तथ्याङ्क सङ्कलन गर्न, विभागबीच समुद्री सूचना सङ्कलनलाई सहज बनाउन र विश्वव्यापी समुद्री सूचना आदानप्रदानलाई बढावा दिने काम गर्छ । यो प्लेटफर्मले समुद्री तथ्याङ्क एकीकरण सेवालाई अझ बलियो बनाउन, समुद्री तथ्याङ्क साझेदारीको लागि प्राविधिक मापदण्ड एकीकरण गर्न र समुद्री तथ्याङ्क उत्पादनको प्रयोग गुणस्तर सुधार गर्ने चीनको दाबी छ ।

यसले समुद्र तथा समुद्री गतिविधिका कारण विश्व मौसममा आउनसक्ने सङ्कटको पूर्वानुमान गर्न पनि सहज हुनेछ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.