भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनद्धारा नयाँ प्लेटफर्म शुरु

समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनद्धारा नयाँ प्लेटफर्म शुरु

काठमाडौं । चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि ओसन क्लाउड नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र अनुगमन विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओसन क्लाउडले तथ्याङ्क सङ्कलन गर्न, विभागबीच समुद्री सूचना सङ्कलनलाई सहज बनाउन र विश्वव्यापी समुद्री सूचना आदानप्रदानलाई बढावा दिने काम गर्छ । यो प्लेटफर्मले समुद्री तथ्याङ्क एकीकरण सेवालाई अझ बलियो बनाउन, समुद्री तथ्याङ्क साझेदारीको लागि प्राविधिक मापदण्ड एकीकरण गर्न र समुद्री तथ्याङ्क उत्पादनको प्रयोग गुणस्तर सुधार गर्ने चीनको दाबी छ ।

यसले समुद्र तथा समुद्री गतिविधिका कारण विश्व मौसममा आउनसक्ने सङ्कटको पूर्वानुमान गर्न पनि सहज हुनेछ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.