भर्खरै : Sorry, your browser does not support inline SVG.
फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार | एप्पलले सार्वजनिक गर्‍यो आईफोन १८ प्रो र प्रो म्याक्स, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार | संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री |

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

काठमाण्डौ, २५ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ ।

नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनिहरुलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ । व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए ।

चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाण्डौ पठाइएको हो ।

स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो । सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन् ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.