भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन

काठमाडौं, २५ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३६९ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट हालसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

उद्धार गरिएका नागरिकलाई सुरक्षित रूपमा राख्न विभिन्न स्थानमा ३४ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ । बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण घाइते भएका ३३३ जनाको विभिन्न १९ वटा अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि २५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

विपद्पछि प्रभावित नागरिकमा परेको मानसिक तथा मनोसामाजिक असर न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० जनाभन्दा बढी मनोसामाजिक परामर्शदाता परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धार प्रयाससमेत जारी रहेको नेपाली सेनाले जनाएको छ । बाढीपछि सम्पर्कविहीन नागरिकको खोजी, उद्धार, घाइतेको उपचार तथा प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कामलाई सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायले निरन्तरता दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.