भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नेपाल–चीन सांस्कृतिक सम्बन्धमा नयाँ आयाम: चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा

नेपाल–चीन सांस्कृतिक सम्बन्धमा नयाँ आयाम: चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर, ३ जेठ ।  चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अवलोकन गरेको छ।

उक्त टोलीलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभएकाे थियाे । 

प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रअन्तर्गत रहेको राष्ट्रिय कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याले दरबार, फसी देगः, टौमढी, खँला हुँदै तालाक्व क्षेत्रको अवलोकन गरेको थियो।

भ्रमणका क्रममा उपाध्यक्ष चिएले भक्तपुरको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, ऐतिहासिक पुनःनिर्माण कार्य र समुदायमा आधारित सहकारी गतिविधिहरूप्रति विशेष चासो देखाउनुभयो। उहाँले २०७२ सालको विनाशकारी भूकम्पपछि भक्तपुरमा भएको पुनःनिर्माण कार्यको प्रशंसा गर्दै नेपाल–चीन सम्बन्ध ऐतिहासिक, गहिरो र समयसँगै अझ मजबुत बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

उपाध्यक्ष चिएले नेपाल–चीनबीचको मित्रता युगौँसम्म कायम रहने विश्वास व्यक्त गर्नुका साथै सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो। अवलोकनपछि सांसद सुवालले पार्टी प्रकाशनहरू तथा नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका प्रकाशनहरू उपाध्यक्ष चिएलाई उपहारस्वरूप प्रदान गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.