भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विश्व उच्च रक्तचाप दिवसमा बागमती प्रदेशको जनचेतनामूलक अभियान

विश्व उच्च रक्तचाप दिवसमा बागमती प्रदेशको जनचेतनामूलक अभियान
हेटौंडा, ३ जेठ । विश्वभर एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिने उच्च रक्तचाप (हाइपरटेन्सन) प्रति जनचेतना फैलाउने उद्देश्यले बागमती प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आयोजित यस अभियान अन्तर्गत “नापौं रक्तचाप, बचाऔं जीवन” भन्ने नारासहित स्वास्थ्य जाँच, परामर्श र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, विश्व स्वास्थ्य संगठन (WHO) को २०२१ को प्रतिवेदनअनुसार विश्वमा ३० देखि ७९ वर्ष उमेर समूहका करिब १ अर्ब २८ करोड मानिस उच्च रक्तचापबाट प्रभावित छन्। नेपालमा पनि करिब २४ प्रतिशत वयस्कमा उच्च रक्तचाप देखिएको छ। तर, धेरैले आफ्नै अवस्था थाहा नपाएको र समयमै उपचार नगर्दा यो ‘साइलेंट किलर’ बन्ने गरेको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य मन्त्री किरण थापा मगरद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “उच्च रक्तचाप मुटु, मस्तिष्क, मिर्गौला लगायतका अङ्गमा गम्भीर असर पार्ने रोग हो। तर समयमै जाँच, सन्तुलित आहार, व्यायाम, तनाव व्यवस्थापन तथा आवश्यक औषधि सेवनबाट यसको नियन्त्रण सम्भव छ।”
वक्तव्यमा थप भनिएको छ कि २०८१ को विश्व उच्च रक्तचाप दिवसको नारालाई मध्यनजर गर्दै बागमती प्रदेशका सबै स्थानीय तहमा निःशुल्क रक्तचाप मापन सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम सञ्चालन भइरहेको छ।

 

 


Thali Mobile Pvt.Ltd.