भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

‘जेन जी’ प्रदर्शनका कारण समितिको बैठक बीचमै स्थगित

‘जेन जी’ प्रदर्शनका कारण समितिको बैठक बीचमै स्थगित

मुख्य बुँदा 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ‘जेन जी’ प्रदर्शनका कारण बीचैमा स्थगित।

गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बैठक स्थगित गर्न प्रस्ताव।

प्रहरीसम्बन्धी विधेयकमा ५२ संशोधन प्रस्ताव, ६४८ विषयमा संशोधन दर्ता भइसकेको।

नयाँ बानेश्वर र वरिपरि क्षेत्रमा कर्फ्यु जारी, रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते।

काठमाण्डौं, २२ भाद्र । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ‘जेन जी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ। बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि बाहिरिएका कारण छलफल रोकिएको हो।

बैठकमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्ने विधेयक २०८१ माथि छलफल भइरहेको थियो। गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले विधेयक छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न प्रस्ताव गर्नुभयो।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री बाहिरिनु अस्थायी भएको जानकारी दिँदै बैठकलाई निरन्तरता दिने प्रस्ताव राख्नुभयो। तर, धेरै सांसदले गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक उपस्थित नभएको अवस्थामा विधेयक अघि बढाउन नहुने धारणा राखेपछि सभापतिले बैठक स्थगित घोषणा गर्नुभयो।

बैठकमा सांसद मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरी लगायतले संशोधन प्रस्तावमा आ–आफ्नो धारणा राख्नुभएको थियो। विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा ६४८ विषयमा संशोधन दर्ता भइसकेको छ भने प्रस्तावनामा नै २२ संशोधन भएका छन्।

प्रदर्शनका कारण जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। त्यसपछि शीतल निवास, महाराजगञ्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार वरिपरि र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ। यसअघि माइतीघर, बानेश्वर, तीनकुने र शङ्खमूल क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी थियो।

नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा फोटो पत्रकार दिपेन्द्र ढुंगाना (नयाँ पत्रिका) र उमेश कार्की (नेपाल प्रेस) रबरको गोली लागेर घाइते भएका छन्। उनीहरूलाई अहिले सिभिल अस्पतालमा उपचारको लागि लगिएको छ।

 


Thali Mobile Pvt.Ltd.