भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजार कुखुरा नष्ट

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजार कुखुरा नष्ट

मुख्य बुँदा

चितवन जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि।

१८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो।

प्रभावित क्षेत्रका कुखुरा, चल्ला, अण्डा र दानासमेत सुरक्षित रूपमा नष्ट।

‘किलिङ, डिस्पोजल र डिसइन्फेक्सन’ प्रक्रिया अपनाइयो।

प्रभावित क्षेत्रलाई नियन्त्रण क्षेत्र बनाइ कुखुराजन्य उत्पादनको ओसारपसारमा अस्थायी प्रतिबन्ध।

पशु सेवा विभागले निगरानी बढाएको र उच्च सतर्कता अपनाउन आग्रह।

किसान र व्यवसायीलाई क्षतिपूर्ति र औषधि, जनशक्ति, प्राविधिक सहयोग उपलब्ध गराउने तयारी।

चितवन, १७ चैत्र । चितवन जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।पशु सेवा विभागका अनुसार, संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, चल्ला, अण्डा तथा दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको हो।

भरतपुर महानगरपालिका क्षेत्रका एक कुखुरा फार्ममा गरिएको परीक्षणमा बर्ड फ्लु पुष्टि भएपछि तत्कालै नियन्त्रणका उपायहरू अघि बढाइएको छ। प्राविधिक टोलीले फार्मलाई केन्द्रविन्दु मानेर आसपासका क्षेत्रमा निगरानी बढाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘किलिङ, डिस्पोजल र डिसइन्फेक्सन’ प्रक्रिया अपनाइएको छ।

प्रभावित क्षेत्रभित्रका सबै कुखुरा नष्ट गरिएको छ र उक्त क्षेत्रलाई नियन्त्रण क्षेत्र बनाइ कुखुराजन्य उत्पादनको ओसारपसारमा अस्थायी प्रतिबन्ध लगाइएको छ। पशु सेवा विभागका अधिकारीहरूले बर्ड फ्लु अत्यन्तै संक्रामक रोग भएकाले समयमै नियन्त्रण नगरे ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालयले किसान र व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सरकारले प्रभावित किसानलाई प्रचलित मापदण्डअनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने साथै रोग नियन्त्रणका लागि आवश्यक औषधि, जनशक्ति र प्राविधिक सहयोग परिचालन गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.