भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुरको मध्यपुरथिमि–राधेराधे स्थित यातायात कार्यालयबाट २ जना विचौलिया पक्राउ

भक्तपुरको मध्यपुरथिमि–राधेराधे स्थित यातायात कार्यालयबाट २ जना विचौलिया पक्राउ

काठमाण्डौ, १८ चैत्र । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै सेवाग्राहीसँग रकम असुल्दै हिँड्ने उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापा रहेका छन्।

उनीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको आरोप छ । यसअघि  काठमाण्डौको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ७ जना विचौलिया पक्राउ परेका थिए।

त्यस्तै ललितपुरको एकान्तकुना यातायात कार्यालयबाट १५ जनालाई पनि विचौलियाको आरोपमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले सार्वजनिक सेवा क्षेत्रमा हुने यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.