भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरको मध्यपुरथिमि–राधेराधे स्थित यातायात कार्यालयबाट २ जना विचौलिया पक्राउ

भक्तपुरको मध्यपुरथिमि–राधेराधे स्थित यातायात कार्यालयबाट २ जना विचौलिया पक्राउ

काठमाण्डौ, १८ चैत्र । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै सेवाग्राहीसँग रकम असुल्दै हिँड्ने उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापा रहेका छन्।

उनीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको आरोप छ । यसअघि  काठमाण्डौको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ७ जना विचौलिया पक्राउ परेका थिए।

त्यस्तै ललितपुरको एकान्तकुना यातायात कार्यालयबाट १५ जनालाई पनि विचौलियाको आरोपमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले सार्वजनिक सेवा क्षेत्रमा हुने यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.