भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चमेरे गुफा वरपरका बासिन्दाको गुनासो नसुनेर दौडिए ओली

चमेरे गुफा वरपरका बासिन्दाको गुनासो नसुनेर दौडिए ओली

पोखरा । मध्यपहाडी लोकमार्गको संकल्प यात्रामा निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चमेरे गुफा वरपरका बासिन्दाको गुनासो नसुनेरै दौडिएका छन् ।

बिहीबार पोखरा महानगरपालिका–२५ मिलनचोकमा नेता कार्यकर्ताले स्वागत गरेपछि मिलन चोकमा उभिएर ओलीले हेम्जाको जस्तो भाइरल तथा सेल्फी सडक एमालेकै नेतृत्वमा देशभर बएको गफ सुनाए ।

पोखरा–१६ चमेरे गुफा वरपरका बासिन्दाले ओलीलाई स्वागत गर्ने, आफ्ना हैरानी सुनाउने चाहना राखेका थिए । उनीहरु मध्यपहाडी लोकमार्गको अर्मलाकोट, कालीखोला पुल, महेन्द्रगुफा, चमेरे गुफा, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै यम्दी पुलसम्मको रेखांकनप्रति सन्तुष्ट छैनन् ।

झण्डै दुई वर्षदेखि आन्दोलन गरिरहेका करिब ५०० घर परिवार ओलीलाई भेटेर आफ्नो असन्तुष्टि सुनाउन खोजेका थिए । २०७७ फागुनमा ओली नेतृत्वकै मन्त्रिपरिषद्ले भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको रेखांकन पारित गरेको थियो ।

३५ दशमलव ५ किलोमिटर खण्ड निर्माणको ठेक्का स्वच्छन्द एपेक्स जेभीले ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्ष २०८२ भित्र काम सक्ने गरी पाएको छ ।

तर पूर्वप्रधानमन्त्री ओली मध्यपहाडी लोकमार्ग यात्राका क्रममा विवादित क्षेत्र छलेर पोखराको सहर–सहरबाट रुपा गाउँपालिका हुँदै लमजुङ छिरेपछि त्यहाका स्थनीयले रुष्ट भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.