काठमाडौं । गाडी सुविधा नपाउने कर्मचारीले पनि चोर बाटोबाट इन्धन सुविधा लिएको पाइएको छ ।
अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका २०७७ अनुसार सचिव र सहसचिव स्तरका कर्मचारीले मात्र गाडी सुविधा पाउँने नियम छ । सरकारले कर्मचारीलाई इन्धनबापत नगद सुविधा दिने निर्देशिका जारी गरेपछि पनि उपसचिव र अधिकृतलाई चोर बाटोबाट इन्धन सुविधा दिइरहेको छ ।
अर्थमा सरकारी नियम अनुसार गाडी सुविधा पाउने ११ जना छन् । तर ८० वटा सरकारी गाडी प्रयोगमा छन् । सचिव र सहसचिव बाहेक अन्य कर्मचारीले पनि अनधिकृत रुपमा गाडी सुविधा लिइरहेको मन्त्रालययका अधिकारी बताउ छन् ।
सिंहदरबारभित्र मात्रै करिब ३०० वटा गाडी उपसचिव र अधिकृतहरुले प्रयोग गरिरहेका छन् । ती गाडीमा इन्धन पनि राज्यकोषबाटै भरिदै आएको ।
चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले इन्धन सुविधा पाउने कर्मचारीलाई इन्धनको कुपनको सट्टा नगद नै दिने घोषणा गरेका थिए ।
सो घोषणा अनुसार असोज अन्तिम साता इन्धनबापत नगद सुविधा सम्बन्धी निर्देशिका जारी भएपछि हाल इन्धनको कुपन जारी हुँदैन ।
उपसचिव र अधिकृतले तेलको कुपन पाउन छाडे पनि उनीहरु चढ्ने गाडीले तेल भने पाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ६ स्थित शान्ति डाँडा पर्यटकको रोजाइमा पर्ने स्थान हो । बुद्ध शान्ति डाँडा नगरकोट घुम्न आउने पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको हो ।...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई...
एजेन्सी । शनिबार ४ जना इजरायली बन्धकलाई प्यालेस्टाइनी बिद्रोही समूह हमासले रिहा गर्ने भएको छ । सैनिक र सर्वसाधारण गरी चारै जना महिला हुने अनुमान इजरायलले गरेको छ ।...
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा...