भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गाडीलाई पुलमा राखेर चोर बाटोबाट इन्धन

गाडीलाई पुलमा राखेर चोर बाटोबाट इन्धन

काठमाडौं । गाडी सुविधा नपाउने कर्मचारीले पनि चोर बाटोबाट इन्धन सुविधा लिएको पाइएको छ ।

अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका २०७७ अनुसार सचिव र सहसचिव स्तरका कर्मचारीले मात्र गाडी सुविधा पाउँने नियम छ । सरकारले कर्मचारीलाई इन्धनबापत नगद सुविधा दिने निर्देशिका जारी गरेपछि पनि उपसचिव र अधिकृतलाई चोर बाटोबाट इन्धन सुविधा दिइरहेको छ ।

अर्थमा सरकारी नियम अनुसार गाडी सुविधा पाउने ११ जना छन् । तर ८० वटा सरकारी गाडी प्रयोगमा छन् । सचिव र सहसचिव बाहेक अन्य कर्मचारीले पनि अनधिकृत रुपमा गाडी सुविधा लिइरहेको मन्त्रालययका अधिकारी बताउ छन् ।

सिंहदरबारभित्र मात्रै करिब ३०० वटा गाडी उपसचिव र अधिकृतहरुले प्रयोग गरिरहेका छन् । ती गाडीमा इन्धन पनि राज्यकोषबाटै भरिदै आएको ।

चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले इन्धन सुविधा पाउने कर्मचारीलाई इन्धनको कुपनको सट्टा नगद नै दिने घोषणा गरेका थिए ।

सो घोषणा अनुसार असोज अन्तिम साता इन्धनबापत नगद सुविधा सम्बन्धी निर्देशिका जारी भएपछि हाल इन्धनको कुपन जारी हुँदैन ।

उपसचिव र अधिकृतले तेलको कुपन पाउन छाडे पनि उनीहरु चढ्ने गाडीले तेल भने पाइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.