भर्खरै : Sorry, your browser does not support inline SVG.

चक्कु प्रहार र कुटपिटबाट कालीकोटको खाँडाचक्रमा एक जनाको मृत्यु

चक्कु प्रहार र कुटपिटबाट कालीकोटको खाँडाचक्रमा एक जनाको मृत्यु

कालीकोट । कालीकोट प्रहरीले कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई पक्राउ गरेको छ । खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । कालीकोटको खाँडाचक्रमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

बुधवार राति खाँडाचक्र–१० चौकीका हस्तबहादुर मल्लको नयाँ घर बनाउँदा गरिने पूजा (पछेटा) मा रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन रहेको आरोपमा खाँडाचक्र–९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरीले जनाएको छ ।

दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको थियो । कुटपिटबाट १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन् ।

घटना भएको चौकीगाउँ सदरमुकाम मान्मबाट ३५ किमी टाढा पर्छ । प्रहरीले सोधपुछका लागि घरधनीका दम्पतीलाई समेत जिल्ला सदरमुकाम मान्म ल्याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.