भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चक्कु प्रहार र कुटपिटबाट कालीकोटको खाँडाचक्रमा एक जनाको मृत्यु

चक्कु प्रहार र कुटपिटबाट कालीकोटको खाँडाचक्रमा एक जनाको मृत्यु

कालीकोट । कालीकोट प्रहरीले कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई पक्राउ गरेको छ । खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । कालीकोटको खाँडाचक्रमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

बुधवार राति खाँडाचक्र–१० चौकीका हस्तबहादुर मल्लको नयाँ घर बनाउँदा गरिने पूजा (पछेटा) मा रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन रहेको आरोपमा खाँडाचक्र–९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरीले जनाएको छ ।

दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको थियो । कुटपिटबाट १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन् ।

घटना भएको चौकीगाउँ सदरमुकाम मान्मबाट ३५ किमी टाढा पर्छ । प्रहरीले सोधपुछका लागि घरधनीका दम्पतीलाई समेत जिल्ला सदरमुकाम मान्म ल्याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.