भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अमेरिकामा बन्दूकधारीको आक्रमणमा २२ जनाको मृत्यु, ६० जना घाइते

अमेरिकामा बन्दूकधारीको आक्रमणमा २२ जनाको मृत्यु, ६० जना घाइते

काठमाडौं । अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ । घटनामा ६० जना घाइते भएका छन् ।
मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् ।

यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत आग्रह गरिरहेको छ । यो घटना बारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रम बारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ ।

त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.