भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधिसभाको बैठकमा आज पनि ग्रेसको अवरोध कायमै

प्रतिनिधिसभाको बैठकमा आज पनि ग्रेसको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने कार्यसूची छ।

बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

तर, कांग्रेसले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.