भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तेह्रथुममा आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जले

तेह्रथुममा आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जले

काठमाण्डौ । तेह्रथुममा लागेको आगो नियन्त्रणमा आएको छ । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा लागेको आगो प्रहरी र स्थानीय बासिन्दाले निभाएका हुन ।

धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका छ ।
आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिए ।

पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले उज्यालोलाई जानकारी दिनुभयो । आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो ।

आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् ।

यता पाचथरमा भएको आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ ।

 


Thali Mobile Pvt.Ltd.