भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

तेह्रथुममा आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जले

तेह्रथुममा आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जले

काठमाण्डौ । तेह्रथुममा लागेको आगो नियन्त्रणमा आएको छ । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा लागेको आगो प्रहरी र स्थानीय बासिन्दाले निभाएका हुन ।

धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका छ ।
आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिए ।

पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले उज्यालोलाई जानकारी दिनुभयो । आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो ।

आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् ।

यता पाचथरमा भएको आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ ।

 


Thali Mobile Pvt.Ltd.