भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकारका लागि मोजो र अनलाइन तालिम धुलिखेलमा सुरु

पत्रकारका लागि मोजो र अनलाइन तालिम धुलिखेलमा सुरु

धुलिखेल । पत्रकारका लागि पाँच दिने मोबाइल पत्रकारिता तथा अनलाईन पत्रकारिता तालिम काभ्रेको धुलिखेलमा शुरू भएको छ ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश हेटौंडाको आयोजनामा आजदेखि सुरू भएको हो । घटनास्थलबाट कसरी प्रभावकारी समाचार प्रशारण गर्न सकिन्छ भनेर दिइएको तालिममा मोजो तर्फ २२ जना र अनलाइन तर्फ २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

सहभागी मध्य १२ जना महिला पत्रकार रहेका छन् । मोबाइल पत्रकारितामा प्रशिक्षक विकास कार्की र रामु सापकोटा छन् भने अनलाइन पत्रकारिता तालिममा उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिइरहेका छन् ।

विभिन्न तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको छ ।

हाल दिइएको अनलाइन र मोबाईलको प्रयोगद्वारा प्रभावकारी पत्रकारिता सिक्ने अवसर प्राप्त हुने सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताए।

 


Thali Mobile Pvt.Ltd.