भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर नपाको बजेट सर्वसम्मतिबाट पारित, वैदेशिक ऋणको भरमा देशलाई विकास गर्ने सोच गलत

भक्तपुर नपाको बजेट सर्वसम्मतिबाट पारित, वैदेशिक ऋणको भरमा देशलाई विकास गर्ने सोच गलत

भक्तपुर । भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सोह्रौं नगरसभाको बैठकबाट आर्थिक विधेयक २०८१, विनियोजन विधेयकसहित आ.व. २०८१।८२ का लागि नपाको बजेट सर्वसम्मत पारित भएको हो ।country relying on foreign loans is wrong

नगरपालिकाका उपप्रमुख रजनी जोशीले २०८१ असार १० गते भक्तपुर नगरपालिकाको लागि रु २ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । सभामार्फत नगर प्रमुख प्रजापतिले आ.व २०८१।८२ का लागि भक्तपुर नपाको बजेटमाथि भएको छलफलमा भाग लिई रचनात्मक सुझाव र समर्थन गरी सहयोग गरेका सभासद्हरुलाई धन्यवादज्ञापन गर्नुभयो ।

भक्तपुर नपाले संसदीय अभ्यासअनुसार नगरसभा सञ्चालनमा जोड दिँदै आएको बताउँदै उहाँले बजेट सफल कार्यान्वयनमा सबै जनप्रतिनिधिहरुको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । वैदेशिक ऋणको भरमा देशलाई विकास गर्ने सोच गलत भएको बताउँदै उहाँले आत्मनिर्भरतालाई जोड दिनुपर्ने बताउनुभयो ।

प्रमख प्रजापतिले भक्तपुर नपाले समाजवादी मोडलअनुसार भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रबाट नगरको विकास गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो ।country relying on foreign loans is wrong

बजेटमाथि भएको छलफलमा उठेका जिज्ञासाहरुमाथि प्रष्ट पर्दै उपप्रमुख जोशीले अरनिको सभाभवन पुनःनिर्माण कार्यर्ला नगरस्तरीय गौरवको योजनाको रुपमा अगाडि बढाइरहेको, पौडी पोखरी नगरको कुन पोखरीमा बनाउने विषयमा प्राविधिक अध्ययन भइरहेको, करको दायरा बढाउने नीति अपनाइने, कौसी खेती तालिमलाई प्रवद्र्धन गर्दै लगिने, देको मिवा इतापाके आवास योजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्न सहजीकरण हुने, खानेपानीको विकराल समस्या सम्बोधन गरिने, खानेपानीको मुहान सरसफाइ अभियान सञ्चालन हुने, कवाडी संकलनलाई नियन्त्रणको नीति अवलम्बन गरिनेलगायतका विषय सभासमक्ष अवगत गराउनुभयो ।

बजेटमाथिको छलफलमा सभासद् सुमित्रा बोहजु, कल्पना शिल्पकार, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु र न्हुछेराम कोजूले आफ्नो विचार राख्नुभएको थियो । नगरसभाको उक्त बैठकमा वडागत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.