भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्रस कन्ट्री दौडमा ६४ चिनियाँको बेजोड प्रस्तुती

क्रस कन्ट्री दौडमा ६४ चिनियाँको बेजोड प्रस्तुती

पोखरा । पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी सहभागी भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ पोखरा आएको थियो । प्रतियोगितामा चिनियाँ धावकसहित एक हजार २०० बढी सहभागी भएको प्रतिकराज पहारीले बताए ।

दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्ररछात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो । पोखरा लेकसाइडबाट सुरु भएको ५० किलोमिटर दूरीको समूहगत दौड २२ सय ५८ मिटर उचाइसम्मलाई फन्को मारेर बाराही घाटमै आएर समापन हुने छ ।

 


Thali Mobile Pvt.Ltd.