भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एसिया कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

एसिया कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । संयुक्त अरब इमिरियट्मा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ ।

दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुनेछन् । समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एक एक खेल खेलिसकेका छन् ।

शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका छन् । पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात(सात विकेटको जित निकालेका हुन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्दैछ।

 


Thali Mobile Pvt.Ltd.