भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

संघीय लोकतान्त्रिक व्यवस्था भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइसक्यो : अध्यक्ष थापा

संघीय लोकतान्त्रिक व्यवस्था भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइसक्यो : अध्यक्ष थापा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले “संघीय लोकतान्त्रिक व्यवस्था एक भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइकेको दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले उक्त कुरा बताएका हुन ।

उनले शदीयौंदेखिको दासताको अन्त्य गर्ने भनिएतापनि त्यसको ठीक विपरीत सीमित राजनेता र राजनीतिक दलको सिन्डिकेट, सर्वसत्तावादी ढंगले देश चलाइरहेको बताए । उनले नेपालमा राजसंस्था स्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने स्पष्ट पारे ।

अध्यक्ष थापाले सबै गणतन्त्रवादी राजनीतिक दलहरूलाई अपिल गर्दै भने, “यदि सहमति र सहकार्यबाट शान्तिपूर्ण ढंगले धर्मनिरपेक्षता, प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नगरिएमा मुलुकमा नयाँ तानाशाह जन्मिने निश्चित छ र केही समयपछि राष्ट्र विखण्डनमा जाने खतरा देखिएको छ ।” राप्रपा नेपालले मान्ने राजसंस्था नेपाली कांग्रेसका नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाले राजा र नेपाली जनताको घाँटी एकै ठाउँमा जोडिएको छ भनेजस्तै हो भन्ने अध्यक्ष थापाको भनाइ थियो ।

उनले ०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

 

 


Thali Mobile Pvt.Ltd.