भर्खरै : Sorry, your browser does not support inline SVG.

सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ

सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ

मुख्य बुद्दा

सीटीईभीटीका २,२०० करार तथा ज्यालादारी कर्मचारीले सेवा–सुविधाको माग गर्दै केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

समान कामका लागि समान ज्यालालगायतका माग राख्दै सीटीईभीटीका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

६७ आङ्गिक शिक्षालयका करिब २,२०० कर्मचारीले विभेदविरुद्ध सीटीईभीटी केन्द्रीय कार्यालय घेरे।

सेवा–सुविधामा विभेद भएको भन्दै सीटीईभीटीका करार कर्मचारीले थाले चरणबद्ध आन्दोलन।

स्थानीय, दुर्गम, महँगी तथा प्रोत्साहन भत्तासहित सामाजिक सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलित।

काठमाडौं, २५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

सीटीईभीटीका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारी सेवा–सुविधा र पारिश्रमिकमा विभेद भएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

लामो समयदेखि समान प्रकृतिको काम गर्दै आए पनि सेवा–सुविधा तथा पारिश्रमिकमा विभेद गरिएको भन्दै कर्मचारीहरूले साउन १४ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए। व्यवस्थापनले आफ्ना मागप्रति सुनुवाइ नगरेपछि केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको आन्दोलनरत कर्मचारीहरूले बताएका छन्।

आन्दोलनरत कर्मचारीहरूले समान कामका लागि समान ज्याला लागू गर्नुपर्ने माग गरेका छन्। त्यस्तै स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेसागत स्थायित्वको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

कर्मचारीहरूले आफूहरूले लामो समयदेखि परिषद् अन्तर्गतका आङ्गिक शिक्षालयमा सेवा दिँदै आए पनि सेवा–सुविधा तथा पारिश्रमिकमा विभेद हुँदै आएको गुनासो गरेका छन्। आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत आन्दोलनरत कर्मचारीहरूले दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.