भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ

गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ

मुख्य बुँदा

खाजा घरको आवरणमा गाँजाको कारोबार गरेको आरोपमा रौतहटबाट ३४ वर्षीय युवक पक्राउ परेका छन्।

रौतहटको गौरस्थित खाजा घरबाट ७ सय ग्राम गाँजा बरामद, सञ्चालक पक्राउ।

खाजा घरमा १२५ पुरिया बनाएर गाँजा बिक्री गर्ने गरेको आरोपमा सञ्चालक पक्राउ।

गौरको ‘काजल स्टील रेलिङ्ग’ खाजा घरबाट गाँजा बरामद, सञ्चालक प्रहरी नियन्त्रणमा।

खाजा घरको काउन्टरमा लुकाएर राखिएको ७ सय ग्राम गाँजा बरामद, सञ्चालक पक्राउ।

रौतहट, २५ साउन । रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेका छन्। उनले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साहले खाजा घरमा सानो–सानो पुरिया बनाएर गाँजा बिक्री–वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजा घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार बिक्री–वितरणका लागि सानो–सानो पुरिया बनाएर राखिएको १२५ पुरिया गाँजा बरामद भएको छ।

बरामद गाँजाको कुल तौल ७ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए। गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.