भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ

गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ

मुख्य बुँदा

खाजा घरको आवरणमा गाँजाको कारोबार गरेको आरोपमा रौतहटबाट ३४ वर्षीय युवक पक्राउ परेका छन्।

रौतहटको गौरस्थित खाजा घरबाट ७ सय ग्राम गाँजा बरामद, सञ्चालक पक्राउ।

खाजा घरमा १२५ पुरिया बनाएर गाँजा बिक्री गर्ने गरेको आरोपमा सञ्चालक पक्राउ।

गौरको ‘काजल स्टील रेलिङ्ग’ खाजा घरबाट गाँजा बरामद, सञ्चालक प्रहरी नियन्त्रणमा।

खाजा घरको काउन्टरमा लुकाएर राखिएको ७ सय ग्राम गाँजा बरामद, सञ्चालक पक्राउ।

रौतहट, २५ साउन । रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेका छन्। उनले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साहले खाजा घरमा सानो–सानो पुरिया बनाएर गाँजा बिक्री–वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजा घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार बिक्री–वितरणका लागि सानो–सानो पुरिया बनाएर राखिएको १२५ पुरिया गाँजा बरामद भएको छ।

बरामद गाँजाको कुल तौल ७ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए। गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.