भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु

दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु

दैलेख । दैलेखमा पारिवारिक विवादका क्रममा बुबाको कुटपिटबाट छोराको मृत्यु भएको छ। जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले आफ्नै ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका क्रममा भएको कुटपिटपछि यादव थापाको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उनलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए।

घटनापछि कुटपिटमा संलग्न कविराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.