भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको प्रक्षेपणस्थलमा भएको विस्फोटका कारण चन्द्रमा अन्वेषण अभियान प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेको छ।

फ्लोरिडाको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएपछि प्रक्षेपणस्थलमा ठूलो क्षति पुगेको बताइएको छ।

उडानअघि गरिने स्थिर इन्जिन परीक्षणका क्रममा भएको दुर्घटनापछि उक्त प्रक्षेपणस्थल पुनः सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने अनुमान नासाका अधिकारीहरूले गरेका छन्।

यो प्रक्षेपणस्थल न्यु ग्लेन रकेट प्रक्षेपणका लागि ब्लु ओरिजिनको एकमात्र सक्रिय साइट भएकाले कम्पनीका आगामी व्यावसायिक तथा वैज्ञानिक योजनामा प्रत्यक्ष असर पर्ने देखिएको छ।

नासाका प्रशासक जारेड आइज्याकम्यानका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण जटिल हुने भएकाले पूर्ण रूपमा सञ्चालनमा फर्किन लामो समय लाग्न सक्छ। यस घटनाले नासाको चन्द्रमा केन्द्रित ‘आर्टेमिस’ अभियानको समय तालिकामा समेत असर पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

हाल विस्फोटको कारण पत्ता लगाउने, प्राविधिक अध्ययन गर्ने तथा पुनर्निर्माण योजना तयार गर्ने काम भइरहेको छ। साथै क्षतिग्रस्त संरचनाको सरसफाइ प्रक्रिया पनि सुरु गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.