भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

विश्वभर दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै

विश्वभर दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै

काठमाडौं । विश्वमा अहिले गर्भ र प्रसवसम्बन्धी समस्याका कारण दैनिक झन्डै आठ सय जना महिलाले ज्यान गुमाउने गरेको पाइएको छ । हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिएको सन्देशमा यस्तो तथ्याङ्क समावेश गरेका हुन् ।

महासचिव गुटेरेसले २१ औँ शताब्दीमा पनि हरेक दिन झन्डै ८ सय जना महिलाले गर्भावस्था तथा प्रसवको समयमा अनावश्यक ज्यान गुमाउनु अपमानजनक अवस्था रहेको बताएकोे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको पनि बताए ।

दैनिक आठ सय जनाको ज्यान गइरहेको यो तथ्याङ्क सन् २००० को भन्दा ३४ प्रतिशत कम हो । आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्युदर घटेको भए पनि गर्भावस्था र प्रसवसम्बन्धी समस्यामा महिलाहरूले ज्यान गुमाउनुपर्ने अहिलेको अवस्था प्रविधि र ज्ञानको विकासअनुसार उपयुक्त नभएको राष्ट्रसङ्घले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.