भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वभर दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै

विश्वभर दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै

काठमाडौं । विश्वमा अहिले गर्भ र प्रसवसम्बन्धी समस्याका कारण दैनिक झन्डै आठ सय जना महिलाले ज्यान गुमाउने गरेको पाइएको छ । हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिएको सन्देशमा यस्तो तथ्याङ्क समावेश गरेका हुन् ।

महासचिव गुटेरेसले २१ औँ शताब्दीमा पनि हरेक दिन झन्डै ८ सय जना महिलाले गर्भावस्था तथा प्रसवको समयमा अनावश्यक ज्यान गुमाउनु अपमानजनक अवस्था रहेको बताएकोे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको पनि बताए ।

दैनिक आठ सय जनाको ज्यान गइरहेको यो तथ्याङ्क सन् २००० को भन्दा ३४ प्रतिशत कम हो । आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्युदर घटेको भए पनि गर्भावस्था र प्रसवसम्बन्धी समस्यामा महिलाहरूले ज्यान गुमाउनुपर्ने अहिलेको अवस्था प्रविधि र ज्ञानको विकासअनुसार उपयुक्त नभएको राष्ट्रसङ्घले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.