भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

न्युरोलोजिकल’ परीक्षण गराउदै अमेरिकी राष्ट्रपति बाइडेन

न्युरोलोजिकल’ परीक्षण गराउदै अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताएका छन्। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उनले न्यूरोलोजिकल परीक्षण गर्न तयार रहेको बताएको समाचार संस्था एएनआइले जनाएको छ ।

राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताएका छन् ।

बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताए । साथै उनले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.