भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न्युरोलोजिकल’ परीक्षण गराउदै अमेरिकी राष्ट्रपति बाइडेन

न्युरोलोजिकल’ परीक्षण गराउदै अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताएका छन्। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उनले न्यूरोलोजिकल परीक्षण गर्न तयार रहेको बताएको समाचार संस्था एएनआइले जनाएको छ ।

राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताएका छन् ।

बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताए । साथै उनले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.